फ्राइडे रिलिज: हलमा ‘जन्ते बाख्रो’

२४ जेठ २०८२ ४:५१

आज शुक्रबारबाट चलचित्र ‘जन्ते बाख्रो’ प्रदर्शनमा आएको छ । बुधबार साँझ आयोजित प्रिमियर शोमा समेत उत्कृष्ट प्रतिक्रिया पाएको यो चलचित्रले सेन्सरबाट युनिभर्सल सर्टिफिकेट पाएको थियो ।

यो चलचित्रलाई देशभरका मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मका हलले उत्साहजनक शो उपलब्ध गराएका छन् । देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले काठमाडौं उपत्यकामा १७ शो र मोफसलमा २० गरी ३७ शो उपलब्ध गराएको हो । दोस्रो ठुलो मल्टीप्लेक्स चेन आईएनआई सिनेमाजले १२ शो, वान सिनेमाजले ७ शो, एफक्युब सिनेमाजले २ शो, बिग मुभिजले २ शो, बिएसआर मुभिजले २ शो गरी देशभर करिब १ सय ५० बढि शोसहित प्रदर्शनमा आएको हो ।

सिमोस सुनुवारको निर्देशनमा निर्माण भएको यो चलचित्रमा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको अभिनय छ ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहेको यो चलचित्र सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको चलचित्रको निर्माता सन्तोष गौतम हुन् ।

नेपाली समाजमा बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने गरिन्छ । यो चलचित्रको कथावस्तु यसैको वरिपरि आधारित रहको छ । चलचित्रमा हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) को पोस्टर डिजाइन रहेको छ । टि

Leave a Reply

Your email address will not be published. Required fields are marked *