मिस नेपाल २०२५ को आवेदन खुला भएको छ । मिस नेपालमा भाग लिन चाहाने इच्छुकले ३० जुनसम्म द हिडन ट्रेजरको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् ।
द हिडन ट्रेजरले विहिबार विज्ञप्ति जारी गर्दै नयाँ संस्करण बारे जानकारी गराएको हो। प्रतियोगी ५ फिट ३ इन्च उचाइको, अविवाहित, १८ देखि २७ वर्ष उमेर भएको, नेपाली नागरिक वा नेपाली राहदानीवाहक हुनुपर्ने छ ।
द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले भने,‘आजैदेखि आवेदन खुलेको छ र मापदण्ड पुगेका इच्छुक प्रतियोगीले आवेदन दिन सक्नुहुन्छ’ ‘हामीलाई आवेदन कहिले खुल्छ भनेर प्रशस्तै फोनहरू आइरहेको थियो ।’
काठमाडौं, पोखरासहितका मुख्य सहरमा अडिसन समेत आयोजना हुनेछ । साउन अन्तिमतिर फिनाले आयोजना हुनेछ ।