‘पिताम्बर’को ५१ औं सेलिव्रेशनमा ‘पिताम्बर २’ घोषणा

२३ जेठ २०८२ १२:२२

निर्देशक कृषा चौलागाईंको निर्देशनमा चलचित्र ‘पिताम्बर २’ को घोषणा गरिएको छ । बिहिबार आयोजना भएको ‘पिताम्बर’को ५१ औं दिन सेलिव्रेशन कार्यक्रममा यसको दोस्रो भागको निर्माण घोषणा गरिएको हो ।

गत चैत्रको २९ गतेबाट प्रदर्शन भएको ‘पिताम्बर’ले काठमाडौंको रञ्जना सिनेप्लेक्स र बीग मुभिजमा ५१ दिन मनाएको हो । उक्त अवसरमा चलचित्रसँग जोडिएका कलाकार र प्राविधिकहरूलाई सम्मान पत्र प्रदान गरियो । यस्तै, रंग पत्रकारहरूलाई पनि सम्मान पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा निर्देशक कृषा चौलागाईं, निर्माता विशाल चौलागाईं, डीओपी तथा सह–निर्माता पुरुषोत्तम प्रधान, कलाकारहरू सौगात मल्ल, अनुप विक्रम शाही, प्रमोद अग्र हरि लगायतको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै निर्देशक चौलागाईंले सबैको साथ र सहयोगले आज यो संभव भएको बताइन् । उनले ‘पिताम्बर’ ‘सोचदेखि संभव’सम्मको यात्रा रहेको सुनाइन् । यो चलचित्रमा भएका कमीकमजोरीलाई सच्याएर अर्को चलचित्रमा अझै बुलन्द काम गर्ने प्रतिवद्धता कृषाले व्यक्त गरिन् ।

चलचित्रमा प्रदीप खड्का, दयाहाङ राई, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी लगायतका कलाकारहरूको पनि अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *