‘मोहर’को नयाँ पोष्टर रिलिज, पलको अंगालोमा नीति र वेनिशा

२३ जेठ २०८२ ७:०३

आगामी साउनको २३ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘मोहर’को नयाँ पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरले केहि खास कुरा भन्न खोजेको देखिन्छ।

फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको यो चलचित्रको सार्वजनिक पोष्टरमा नायक पललाई दोहोरो अवतारमा देख्न सकिन्छ । जसलेगर्दा, कतै पलको यो चलचित्रमा दोहोरो भूमिका त छैनन् भन्ने उत्सुकता दर्शकमाझ उत्पन्न हुनसक्छ ।

ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको ‘मोहर’लाई ‘अलिखित नियमहरुमा आधारित कथा’ भनिएको छ । यो चलचित्रको टिजर जेठको २७ गते सार्वजनिक हुँदैछ । यसैले, पोष्टरबाटै दर्शकमाझ निर्माणपक्षले कौतुहलता जगाउन खोजेको प्रष्ट हुन्छ ।

चुम्बन जंग शाहीको निर्माणमा तयार भएको यो चलचित्रमा अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी र बाल–कलाकार सारा शर्माको पनि मुख्य भूमिका छ । चलचित्रमा दिपेन बस्न्यातको छायांकन, कुमार महर्जनको एक्सन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *