बलिराम चौहानको निर्देशन रहनेचलचित्र ‘द ब्ल्यू लाइट’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा मंगलबार मुख्य कलाकार र प्राविधिकको उपस्थिति शुभमुहूर्त गरेएको हो ।
चलचित्रको छायांकन भोलि २२ गते विहिबारबाट सुरु हुनेछ । काठमाडौं उपत्यका भित्रका विभिन्न स्थानमा खिचिने यो चलचित्रको छायाकंन तालिका २० दिन तय गरिएको छ । चलचित्र ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक रहेका निर्देशकको यो डेब्यु निर्देशन हो ।
यो चलचित्रको प्रमुख भूमिकामा अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी छन् । यस्तै चलचित्रको बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन् ।
साइकोलोजिकल थ्रिलर जनरामा निर्माण हुने चलचित्रलाई स्काइफल पिक्चर्सको प्रस्तुत गर्न लागेको हो । ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा रमन ग्रे रहनेछन् । चलचित्रको छायांकन नरेन्द्र मैनालीले गर्नेछन् ।
‘द ब्ल्यू लाइट’ सन् २०२५ भित्रै रिलिज हुने निर्देशक चौहानले बताए ।