‘जन्ते बाख्रो’को फरक प्रचार शैली

१९ जेठ २०८२ १०:५२

आगामी जेठ २३ गते शुक्रबारबाट प्रदर्शन हुने चलचित्र जन्ते बाख्रो निर्माण टिमले प्रचारमा फरक शैली अपनाइरहेको छ । यसअघि देशभरका विभिन्न ठूला शहरहरूमा चल्ने साना सवारी साधन टेम्पोमा पोस्टर टाँसेर दर्शकलाई आकर्षित गरेको निर्माण टिमले हिजो शनिबार राजधानीमा फरक शैलीको चलचित्र प्रचारको कार्यक्रम आयोजना गरेको थियो।

यो चलचित्रका टिमले प्रचार प्रसारका लागि ‘जन्ते बाख्रो साँझ’ कार्यक्रम शनिबार सिटी स्क्वायर मलको प्राङ्गणमा भव्यताका साथ सम्पन्न गरेको छ ।

अभिनेत्री गरिमा शर्मालाई दुलहीको भेषमा बग्गीमा राखेर सामाखुसीस्थित बिजी मलबाट ‘जन्ते बाख्रो’ अङ्कित टिसर्ट र बोकाको टाउकोसहितको कटाउटमा केही युवालाई प्रस्तुत गर्दै कार्यक्रम स्थल सम्म बिबाहको शैलीमा पन्चे वाजासहित पुर्याएको थियो । जहाँ चलचित्रको निर्माण टिमले ‘जन्ते बाख्रो साँझ’को आयोजना गरिएको थियो । त्यहाँ चलचित्रमा समावेश गीतहरु ‘घामै राजा’, ‘अङ्गुरको झुप्पो’, ‘मुकु मुकु म्या’का गायक गायिकाहरु बाबुल गिरी, महेश काफ्ले, अस्मिता अधिकारी लगायतले सयौं दर्शकलाई झुमाएका थिए।

कार्यक्रममा मुख्य कलाकारहरू आसिफ शाह, गरिमा शर्मा, विशाल पहारी, कमल देवकोटा, लोकेन्द्र लेखक, समापिका गौतम, निर्देशक सिमोर सुनुवार, लेखक प्रदिप भारद्वाज र निर्माता सन्तोष गौतमको उपस्थिति रहेको थियो।

चलचित्रलाई सन्तोष गौतमले निर्माण गरेका हुन् । चलचित्रको सार्वजनिक गरिएका गीतहरू ‘मुकु मुकु म्या’, ‘घामै राजा’ र ‘अङ्गुरको झुप्पो’ र ट्रेलर लाई दर्शकले रुचाइसकेका छन् ।

मुईन इन्टरटेनमेन्टद्वारा निर्मित ‘जन्ते बाख्रो’को कथा प्रदीप भारद्वाजले लेखेका हुन् । चलचित्रमा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन, र सुनिल शिवभक्तिको सम्पादन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *