‘द ब्ल्यू लाइट’मा अर्पणको प्रवेश

१५ जेठ २०८२ ९:२८

बलिराम चौहानले निर्देशन गर्ने चलचित्र ‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा अर्पण थापा अनुबन्धित भएका छन् । साइकोलजिकल थ्रीलर जनरामा निर्माण हुन लागेको चलचित्रको शीर्षमध्येको एक भूमिकामा थापा अनुबन्धित भएका हुन्।

स्काइफल पिक्चर्सको प्रस्तुति रहने ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा रमन ग्रे रहनेछन् । जेठ २१ देखि छायांकन सुरु हुने ‘द ब्ल्यू लाइट’लाई नरेन्द्र मैनालीले खिच्नेछन् । चौहानको यो डेब्यु निर्देशन हो ।

निर्देशक चौहानले चलचित्रको कथावस्तु र अन्य कलाकारहरूको विवरण हाललाई गोप्य राखेका छन् । उनले चाँडै कलाकारको पूरै लाइनअप सार्वजनिक गरिने बताएका छन् ।

‘द ब्ल्यू लाइट’ सन् २०२५ भित्रै रिलिज हुने निर्माणपक्षको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *