‘राम नाम सत्य’मा सुशीलको जोडी दिव्या

७ जेठ २०८२ ६:२५

माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा तयार हुन लागेको चलचित्र ‘राम नाम सत्य’मा नायिका दिव्या रायमाझीले नेपाली फिल्म क्षेत्रका दुई एक्सन नायकहरूसँग पर्दा शेयर गर्ने भएकी छिन् ।

माइकल चन्दको निर्देशन रहने यो चलचित्रको टिम र दिव्या बीच आइतबार कागजी संझौता भएको हो । यो चलचित्र साइन गरेपछि दिव्याले भनिन्–‘यो चलचित्रको कथा बेजोड छ । मेरो भूमिका पनि निकै मन पर्यो । जसकाकारण, चलचित्रमा काम गर्न तयार भएकी हुँ ।’

यसअघि नै यो चलचित्रको लागि नायक विराज भट्ट र सुशील श्रेष्ठ फाइनल भइसकेका छन् । विराज र सुशीलसँग काम गर्न पाउँदा आफू उत्साहित रहेको दिव्याको भनाई छ ।

साउन महिनाबाट छायांकन सुरु हुने यो चलचित्रमा माइकल चन्दकै लेखन छ । उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङ फिल्मका निर्माता हुन् । फिल्ममा डाक्टर डीआर उपाध्याय र नरेन्द्र शाह कार्यकारी निर्माताको रुपमा छन् । अर्जुन पोखरेल र वावुल गिरीको संगीत रहने फिल्ममा सुशन प्रजापतिको छायांकन रहने पक्का भइसकेको छ ।

अब, केही कलाकारहरू फाइनल गरेर वर्कसप सुरु गर्ने निर्माणपक्षको भनाई छ । फिल्मलाई एक्सन, पारिवारिक, प्रेम र सस्पेन्स कथामा निर्माण गर्न लागिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *