परिच्छेद सेनले निर्देशन गर्ने चलचित्र ‘महाराजधिराज’मा नायिका वर्षा राउत अनुबन्ध भएकी छन् । स्टारकास्टको अनुबन्ध गर्ने क्रमलाई निरन्तरता दिँदै निर्माणपक्षले राउतलाई अनुबन्धित गरेको हो।
यसअघि यो चलचित्रमा नायिकामा वर्षा शिवाकोटी अनुबन्ध भइसकेकी छन् । हालसम्मको कलाकारको लाइनअप हेर्दा स्टारकास्टको भीड लाग्ने देखिएको छ । त्यस्तै, यो चलचित्रमा आर्यन सिक्देल, रमेश उप्रेती र पल शाह यसअघि नै अनुबन्ध भइसकेकी छन् । जयकिशन बस्नेतले पनि साइन गरिसकेका छन् ।
निर्देशक सेन स्वयंको लेखन रहेको यो चलचित्र फूलपातीमा प्रदर्शन हुनेछ । छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज बिष्ट हुन् । उनले यसअघि ‘बुलाकी’ निर्माण गरेका थिए, जसले राष्ट्रिय अवार्ड समेत जितेको थियो ।
यो चलचित्रको निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का छन् ।