‘मोहर’को शिर्ष गीतमा पल र नीतिको रोमान्स

५ जेठ २०८२ १३:११

फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको चलचित्र ‘मोहर’को शीर्ष गीतको छायांकन सकिएको छ। निर्माणपक्षले ५ दिन लगाएर चितवन र नवलपरासीमा यो गीतको छायांकन सकाएको हो।

गीतमा नायक पल शाह र नायिका नीति शाह रोमान्टिक देखिएका छन् । ‘चाहिँदैन मोहर’ बोलको गीतमा सुरेश अधिकारीको संगीत, प्रमोद ढुंगानाको शब्द, शरद हुमागाईँ र विशाखा साहीको स्वर छ । गीतको भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।

साउनको २३ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रको गीत केही हप्तापछि सार्वजनिक गर्ने तयारी यसको निर्माणपक्षको छ । गीतमा थारु कल्चरलाई समेत प्रस्तुत गरिएको छ ।

ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रका निर्माता चुम्बन जंग शाही हुन् । यो चलचित्रमा पल र नीतिको साथमा बेनिशा हमाल, अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, सारा शर्माको अभिनय छ ।

चलचित्रमा दिपेन बस्न्यातको छायांकन, कुमार महर्जनको एक्सन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *