‘नरसिंहाः अवतार’को दोस्रो गीत ‘मेरी प्यारी छोरी’

५ जेठ २०८२ ४:५२

यहि जेठको ९ गतेबाट प्रदर्शन हुने चलचित्र ‘नरसिंहाः अवतार’को दोस्रो गीत ‘मेरी प्यारी छोरी’ सार्वजनिक भएको छ ।

बाबु र छोरीबिचको प्रेम प्रस्तुत गरेको यो गीतमा स्वरुपराज आचार्यको स्वर, मुक्त उदासको शब्द रहेको यो गीतमा अर्जुन पोखरेलको संगीत छ ।

सार्वजनिक गीतको भिडियोमा नायक राजेश हमाल, नायिका नीति शाह र बाल–कलाकार एल्भिना खड्कालाई फिचरिङ गरिएको छ । गीतमा एल्भिनाप्रति राजेशको प्रेम, नीति शाहसँगको प्रेम भावलाई प्रस्तुत गरिएको छ ।

दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा राजेश हमाल, नीति शाह, राज कटुवाल, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, सरोज खनाल, रमेश चन्द सोडारी, राजिभ जंग बस्नेत, दीपा शाही लगायतका कलाकारहरूको अभिनय छ ।

चलचित्रमा नेम महर्जन, नरेन्द्र महर्जन, दीपक प्रसाद ढकाल र ध्रुव न्यौपानेको लगानी छ । फिल्म ‘नरसिंहाः अवतार’को यो गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ । चन्द्र पन्तको कथा रहेको यो चलचित्रमा राजु तामाङको एक्सन, राजु थापाको डीओपी, साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ ।

यो चलचित्रको गीत र ट्रेलरले दर्शकहरुको उच्च साथ पाएका कारण चलचित्रले बक्स अफिसमा इनिसियल रुपमा सुखद व्यापार गर्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *