‘के घर के डेरा : घर नं २’को ‘ढुंगा देउता भयो’ सार्वजनिक
३ जेठ २०८२ ५:२९
आज शुक्रबारबात चलचित्र ‘के घर के डेरा : घर नं २’ सार्वजनिक प्रदर्शनमा आएको छ। चलचित्र प्रदर्शनमा आउनुभन्दा केहि समय अगाडी यसको गीत अगाडि ‘ढुंगा देउता भयो’ बोलको सार्वजनिक गरिएको हो ।
बुद्धिसागरको शब्दरचना रहेको गीतमा संगीत निश्चल बस्नेतको र सलिन मगरको स्वर रहेको छ । चलचित्रको कथा भन्ने गीत शान्त तर अर्थपूर्ण कुरा गर्छ ।
गीतको भिडियोका मुख्य कलाकार केकी अधिकारी, निश्चल बस्नेत, खगेन्द्र लामिछाने र लेखक बुद्धिसागर फिचर्ड छन् । चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन् ।
दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।
एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा कृष्णबहादुर थापाको छायांकन, कार्यकारी निर्माताको रूपमा युवराज कार्की र निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन् ।