ढोरपाटनबाट ‘ऐरी’को छायांकन सुरु

३ जेठ २०८२ ५:१९

निर्देशक जीवन थापा निर्देशित चलचित्र ‘ऐरी’को छायांकन सुरु गरिएको छ । निर्माणपक्षका अनुसार, यो चलचित्रको पश्चिम बागलुङको ढोरपाटन उपत्यकाबाट छायांकन सुरु गरिएको हो।

यो चलचित्रको छायांकन सेटमा नायक प्रदीप खड्का र नायिका चुम रहेका छन् । चलचित्रको पहिलो सेड्यूलको छायांकन ढोरपाटनमा ४५ दिनसम्म हुने निर्माणपक्षले बतायो।

यो चलचित्रका नायक धिरज मगरकेही दिनपछि छायांकन सेटमा जोडिने निर्माणपक्षले बताएको छ । त्यस्तै, २० दिनपछि छायांकन सेटमा भुटानी कलाकार साँगे सेल्ट्रिम पनि जोडिनेछन् ।

२५ करोड आसपासको बजेटमा निर्माण हुने यो चलचित्रको छायांकन ३ महिनासम्म चल्नेछ। ढोरपाटनमा चलचित्रको छायांकन सकेपछि काठमाडौं र भारतमा गरिने निर्माणपक्षले बताए।
ढोरपाटन शिकार आरक्ष क्षेत्रको जंगलमा सेट लगाएर छायांकन सुरु गरिएको यो चलचित्रले हिमाली परिवेशलाई देखाउनेछ । चलचित्रमा प्रदीप र बाघबिचको दृश्य समेत खिचिने अपेक्षा गरिएको छ ।

नेपाली र हिन्दी भाषामा तयार हुने यो चलचित्रलाई विश्वभर रिलिज गरिनेछ । निर्देशक जीवन थापाको कम्पनी मल्टिमेटले भारतका विभिन्न वितरकहरुसँग मिलेर यो चलचित्र निर्माण गर्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *