अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने चलचित्र ‘शिवांश : च्याप्टर–१’को छायांकन सुरु भएको छ । मंगलबार यो चलचित्रको पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा गरी छायांकन सुरु भएको हो ।
सन्तोष कुमार आत्रेयको निर्देशन रहने यो चलचित्र निर्माणको घोषणा गरिएको छोटो समयमै छायांकन सुरु भएको हो। ‘शिवांश : च्याप्टर–१’को पोखराका विभिन्न क्षेत्रमा करिब एक महिना खिचिने निर्माता केसीले जानकारी गराए । यो उनको डेब्यु निर्देशकीय चलचित्र हो।
निर्माता अञ्जान केसीकै लेखन रहने यो चलचित्रमा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपानेको मुख्य भूमिकामा छ । चलचित्रमा विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौलालगायत कलाकारको अभिनय रहनेछ ।
चलचित्रको कथाबारे निर्माणपक्षले हालसम्म केही पनि जानकारी दिएको छैन । चलचित्रको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् । स्क्रिनप्ले बारत लिम्बूको छ ।
असोज २४ गते रिलिज हुने चलचित्रमा बिमला लिम्बू, प्रदीप कुमार चौधरी, सबीर चौराउटे, उदय कुमार सुब्बा, टिका निरौला र कुन्दनको पनि अभिनय रहनेछ ।
चलचित्रमा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीतरचना, संगीत न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटी, राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर, स्क्रिप्ट डक्टर सुलक्षण भारती, सरद महतोको डीओपी रहने चलचित्रका कार्यकारी निर्माता सम्भू थापा हुन् ।