‘हेल्लो काँशीराम’का निर्देशक रिम विश्वकर्माले नयाँ चलचित्र ‘राजकुमारी’को घोषणा गरेका छन्।
यो चलचित्रमा निर्देशक रिमको नै लेखन रहने छ। यो चलचित्रले प्रेम, संघर्ष र साहसको कथालाई प्रस्तुत गर्नेछ। निर्माणपक्षका अनुसार यो चलचित्र ५ करोड बजेटमा निर्माण गरिनेछ।
निर्देशक विश्वकर्माको ‘हेल्लो काँशीराम’ प्रदर्शनको तयारीमा छ। तर, उनले यो चलचित्रलाई सपनाको प्रोजेक्ट भनेका छन् ।
रेडलाइन्स फिल्म प्रालिको व्यानरमा निर्माण हुन लागेको यो चलचित्रलाई पीबी थापाले लगानी गर्दैछन् । चलचित्रको कथा र यसले उठान गर्ने विषयप्रति गहिरो रुपमा प्रभावित भएका कारण यो चलचित्र निर्माण गर्ने थापाको भनाई छ ।
आगामी भदौबाट छायांकन सुरु हुने यो चलचित्रको अहिले प्रि–प्रोडक्सनको काम धमाधम भइरहेको छ ।