गीतकार नारायण खतिवडाको शब्द सिर्जनामा रहेको गीत ‘स्वार्थी संसार’ सार्वजनिक भएको छ । गीतमा लक्ष्मण शेषको संगीत सिर्जना एवं स्वरुपराज आचार्यको स्वर रहेको छ । लक्ष्मणले लामोसमयपछि संगीतमा कमब्याक गरेका छन् ।
वास्तविक घटनामा आधारित एवम बहुसंख्यक मानिसहरूले समयक्रममा कुनै न कुनै अनुभव र घटना ब्यहोरेको भाव र सन्देश यस गीतमा रहेको छ । यो गीतलाई नमस्ते नेपाल डिजिटल स्टूडियोको यूट्युवमा हेर्न सकिन्छ।
गीत, कविता, मुक्तक र समसामयिक लेख रचना विधामा कलम चलाउँदै आएका गीतकार नारायण खतिवडा सरकारी सेवामाआवद्द छन् । उनका यस अगाडि पनि थुप्रै गीत बजारमा आइसकेका छन्।
सामाजिक परिवेश, वर्तमान परिस्थिति, समसामयिक घट्ना, प्रेम, बियोग तथा राष्ट्र र राष्ट्रियता पक्षलाई कलात्मक, रचात्मक तथा सन्देशमूलक भावसहित साहित्यमा उतार्न श्रष्टा गीतकार खतिवडाको पछिल्लो सिर्जना ‘स्वार्थी संसार’ पनि एउटा उदाहरणीय गीत बनेको छ ।