निर्देशक शोभित बस्नेतको निर्देशन रहेको चलचित्र ‘पीआर’ को दोस्रो सेडयुलको छायांकन सुरु गरिएको छ। अष्ट्रेलियामा ६० प्रतिशत छायांकन गरिएको यो चलचित्रको बाँकी दृश्य कास्कीको धम्पुसबाट थालेको हो।
यो चलचित्रको सोमबार एक दृश्य बिहेको खिचेको छ। जहाँ दिक्पाल कार्की,नीर शाह,गौरी मल्ल,बिनिता कार्कीलाई देख्न सकिन्छ। यतिबेला कास्कीको धम्पुसमा धमाधम छायांकन भइरहेको यो चलचित्रको छायांकन पोखरा,चितवन लगायतका ठाउँमा समेत गरिनेछ।
सलोन सलिना फिल्मसको व्यानरमा निर्माण भइरहेको यो चलचित्रमा नीर शाह,गौरी मल्ल,रबिन्द्र खड्का,उत्तम केसी,आर ए सुरज पौडेल, राजन कुँवर,विनिता कार्की,पुजा चौधरी बिमला खत्री आस्मा अधिकारी, कुशल थापा,गणेश बुढाथोकी कृष्ण थापा,म्याक्स र नवीन घायल लगायतको अभिनय रहने छ।
ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा निर्माता रहेका यो चलचित्रमा मानस राज र भिम बिसीको संगीत,रामजी लामिछानेको नृत्य,निर्देशक बस्नेतकै कथा, गणेश बुढाथोकीको पटकथा र संवाद रहेको छ। सौरभ मानन्धर (अस्ट्रेलिया) र सौरभ लामा (नेपाल) छायांकन र बन्दे प्रसादको सम्पादन छ।