शर्मिलाको नयाँ फिल्ममा प्रदीप र गौरव फाइनल

२४ वैशाख २०८२ ५:१९

निर्मात्री शर्मिला पाण्डे यतिबेला नयाँ चलचित्र बनाउने तयारीमा छिन् । थुप्रै चलचित्र निर्माण गरेकी शर्मिलाको यो चलचित्रलाई उनकै छोरा निर्देशक सुरज पाण्डेले निर्देशन गर्नेछन् ।

सुरजले यो भन्दा अगाडि चलचित्र ‘परस्त्री’ निर्देशन गर्दै निर्देशनमा डेब्यू गरेका थिए । अब भने उनले दोस्रो चलचित्र निर्देशन गर्ने भएका हुन्।

निर्मात्री पाण्डेका अनुसार, यो चलचित्रको लागि उनले नायक प्रदीप खड्का र गौरव विष्टसँग अफिसियल रुपमा कुराकानी गरेकी छन् । प्रदीपसँग भेटेपछि निर्मात्री पाण्डेले भनिन्–‘प्रदीपजीले ६ महिनापछि समय दिन सक्छु भन्नुभयो । केही समयपछि अमेरिका गएर सुरजसँग भेट गर्ने र स्क्रिप्ट पनि सुन्ने कुरा गर्नुभएको छ । हामी यो चलचित्रको सम्पूर्ण छायांकन अमेरिकामा नै गर्छौ ।’

चलचित्र निर्माण गरेर आफूलाई यो क्षेत्रमा स्थापित गरिसकेकी शर्मिलाका अनुसार, यो चलचित्रमा २ जना नायक हुनेछन् । यसअघि गौरवलाई लिएर शर्मिलाले ‘परस्त्री’ निर्माण गरेकी थिइन् । यस्तै, गौरव र प्रदीपले ‘पिताम्बर’मा पनि सहकार्य गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *