‘अभिमन्यु’को मुख्य भूमिकामा कामेश्वर अनुबन्धित

५ वैशाख २०८२ ५:४२

सेभेन सिज सिनेमाको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्र ‘अभिमन्यु’को प्रमुख्य भूमिकामा कलाकार कामेश्वर चौरासिया अनुबन्धित भएका छन्। यसको निर्माणपक्षले यो चलचित्रको प्रमुख भूमिकाको लागि उनलाई अनुबन्धित गरेको हो।

चैत्रको १९ गतेबाट यो चलचित्रको छायांकन सुरु गर्दा कामेश्वरको नाम लुकाइएको थियो । अहिलेसम्म यो चलचित्रको मुख्य भूमिकामा गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देवा, शिशिर वाङ्देल, किरण श्रेष्ठ लगायतका कलाकारहरूको नाम मात्रै बाहिर ल्याइएको थियो ।

विनोद पौडेलको लगानीमा निर्माण भएको यो चलचित्र आगामी भदौको २७ गतेबाट रिलिज गर्ने तयारी गरिएको छ । चलचित्रले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गरेको छ ।

सुशान्त गौतमले निर्देशन गरिरहेको यो चलचित्रमा मुकेश खनालको लेखन, क्रियटिभ निर्देशक मदन थापा, गुन्जन गिरीको समेत लगानी र सह–निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन् । शरद महत्तोको डीओपी रहेको यो चलचित्रलाई नेपाली र हिन्दी भाषामा रिलिज गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *