पल शाहको निर्माणमा ‘यानीमाया’ घोषणा

१ वैशाख २०८२ १४:३४

नायक पल शाह अब निर्माता बन्ने भएका छन् । नयाँ वर्षको अवसर पारेर पलले निर्माण गर्न लागेको पहिलो चलचित्रको घोषणा गरिएको छ ।
पल शाह फिल्मस्को व्यानरमा निर्माण हुन लागेको चलचित्रको नाम ‘यानीमाया’ राखिएको छ ।

यो चलचित्रलाई विकास सुवेदीले निर्देशन गर्दैछन् । विकासले चलचित्र‘प्रकाश, पुजार सार्की र महाभोज’को कथा लेखेका थिए । यही चलचित्रबाट उनले निर्देशनमा डेब्यू गर्न लागेका हुन् ।

फ्यामिली ड्रामा कथामा आधारित रहेर निर्माण हुने यो चलचित्रको स्क्रिप्ट पनि निर्देशक विकास सुवेदीले नै लेखेका हुन् । विकासले लेखेका तीन चलचित्र पनि सामाजिक कथावस्तुमै तयार भएका थिए । उनले, आफ्नै स्टाइलको फिल्म बनाउन लागेको जानकारी दिए ।

नायक पल शाहले पनि पल शाह फिल्मस्लाई दर्शकहरुले निकै माया दिएको भन्दै अब आफू चलचित्र निर्माणमा अगाडि बढेको बताए । उनले, चलचित्र निर्माणमा पनि दर्शकहरुबाट अपार माया र साथ पाउने विश्वास व्यक्त गरेका छन् ।

असारबाट छायांकन सुरु गरिने यो चलचित्रको कलाकारहरु अब चाडै नै फाइनल गर्ने निर्देशक सुवेदीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *