‘समर लभ’ आशिषको ‘अमिगोस’बाट कमव्याक

३० चैत २०८१ ६:१६

चलचित्र ‘समर लभ’बाट डेव्यु गरेका अभिनेता आशिष पियाले चलचित्रमा पुन: कमव्याक गर्ने भएका छन् । उनले चलचित्र ‘समर लभ’ रिलिजको ५ वर्षपछि ‘अमिगोस’बाट नेपाली रजतपटमा कमव्याक गर्न लागेका हुन् ।

उनले अभिनय गर्ने लभस्टोरी चलचित्र ‘अमिगोस’को छायांकन आगामी भदौबाट नेपाल र अष्ट्रेलियामा गरिनेछ । यो चलचित्रको लेखन तथा निर्देशन मार्केन्डे डिपविम बस्नेत (मार्कु) गर्नेछन् । उनी पनि करिव एक दशकपछि नेपाली चलचित्रको लेखन तथा निर्देशनमा कमव्याक गर्दैछन् । उनले यसअघि ‘सौर्य’ र ‘द्रव्य’को लेखन तथा निर्देशन गरेका थिए ।

बिएस इन्टरनेसनल स्टुडियोको व्यानरमा निर्माण हुने यो चलचित्रलाई विकास आचार्यले निर्माण गर्नेछन् । विकासको यो पहिलो निर्माण हो । सुरेन्द्र रावल सह–निर्माता रहेको यो चलचित्रको अष्ट्रेलियामा ७० प्रतिशत र नेपालमा ३० प्रतिशत छायांकन गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *