३५ दिनमा खगेन्द्र र वर्षाको ‘हर्ष’को प्याकअप

२३ चैत २०८१ ७:२६

डेब्यु निर्देशक एकता पौडेल निर्देशित चलचित्र ‘हर्ष’को छायांकन प्याकअप भएको छ । अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतको मुख्य भूमिका रहेको चलचित्रको सम्पुर्ण छायांकन ३५दिनमा प्याकअप भएकोहो ।

चलचित्रमा ५ गीत समावेश गरिएसंगै ३५ दिनमा यसको सम्पुर्ण छायांकन सकिएको छ। यो चलचित्रको अहिलेसम्म प्रदर्शन मिति घोषणा गरिएको छैन् । चलचित्रको सम्पुर्ण छायांकन चितवनमा नै गरिएको हो।

पारिवारिक सामाजिक कथामा निर्माण भएको चलचित्रको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन् । चलचित्रमा खगेन्द्र र वर्षासहित सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापा, श्रृष्टि महर्जन तथा संगीता नापित समेतको अभिनय गरेका छन् ।

डेब्यु निर्देशक पौडेल दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुन् । उनले न्यूयोर्क फिल्म एकेडेमीमा चलचित्र मेकिङ अध्ययन गरेकी छन् । आमसंचारमा स्नातक गरेकी एकताले व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर समेत गरेकी छन् । यसका अलावा उनले केही छोटा चलचित्रहरु बनाएकी छन् ।

ई-प्राइम मुभिज र अष्टलक्ष्मी प्रोडक्सन ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता प्रशन्न पौडेल र विकास पौडेल (चितवन) तथा कार्यकारी निर्मातामा हिक्मत चोखल (चितवन), आलोक शुक्लाको छायांकन, संगीत वसन्त सापकोटा तथा एलिश कार्की, लोकेश बज्राचार्यको सम्पादन, सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *