जेठ ९ मा आउने ‘जन्ते बाख्रो’को ‘घामै राजा’मा सौगात र गरिमाको रोमान्स

२१ चैत २०८१ ६:१४

सिमोस सुनुवारको निर्देशन रहेको चलचित्र ‘जन्ते बाख्रो’को पहिलो गीत ‘घामै राजा’ सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच संगीतकार बाबुल गिरीको शब्द रचना, संगीत तथा स्वरमा यो गीत सार्वजनिक गरिएको हो।

सार्वजनिक गीतको भिडियोमा मुख्य कलाकार सौगात मल्ल र गरिमा शर्मा रोमान्टिक अवतारमा देख्न सकिन्छ। गीतको अन्तिममा अभिनेता आशिफ शाहलाई सप्राइजको रुपमा देखाइएको छ ।

आगामी जेठ ९ गतेबाट देशभर यो चलचित्र प्रदर्शन हुनेछ। यसअघि यो चलचित्र जेठ २३ गते प्रदर्शन हुने घोषणा गरिएको थियो। अबभने जेठ ९ गतेबाट प्रदर्शनमा आउने जानकारी निर्माणपक्षले गराएको हो।

निर्माता सन्तोष गौतमले नेपाल र विदेशमा यो चलचित्र एकसाथ प्रदर्शन गर्ने तयारि रहेको बताए। निर्देशक सुनुवारले आफ्ना अघिल्ला चलचित्रको गल्ती कमजोरी ‘जन्ते बाख्रो’मा सुधार गर्दै दर्शकमाझ एउटा राम्रो चलचित्र पस्किने तयारी गरेको बताए ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहेको यो चलचित्र सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ ।चलचित्रमा प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद, हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन रहेको छ ।

चलचित्रमा सौगात, आशिफर गरिमासँगै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *