नायिका बेनिशा हमाल अभिनित चलचित्र ‘एक्लो’मा उनको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। निर्माणपक्षले बिहिबार सार्वजनिक गरेको क्यारेक्टर पोस्टरमा उनलाई ‘रानी मारा’को रुपमा प्रस्तुत गरिएको छ।
विज्ञान कथामा आधारित यो चलचित्रको ‘पोस्टर हेर्दा बेनिशाको भूमिका रोचक हुने अनुमान लगाउन सकिन्छ। पोस्टरमा उनको वेशभुषा, मेकअप र हेयर स्टाइल निकै आकर्षक देखिएको छ।
साइन्स फिक्सनमा रहेर निर्माण भएको यो चलचित्रललाई प्रदीप शाहीले निर्देशन गरेका हुन् । अहिले यो चलचित्रको सम्पादन काम लण्डनमा चलिरहेको छ । यसको निर्मातामा राजुकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन छन्।
यो चलचित्रले खतरनाक भाइरसले सन् २०३० सम्म मानिसले पृथ्वी ग्रह छाड्ने भविष्यको एक काल्पनिक कथा भन्छ । त्यसको ६० वर्षपछि बेलायती अन्तरीक्षयात्री ज्याक (बेकन) आफ्ना साझेदारसँग हिमालय क्षेत्रमा क्रास-ल्यान्डिङ गर्छन् ।
तिनीहरूले आफ्नो वरपरको खोजी गर्छन् र पहाड बीचमा रहेको गुफाभित्र लुकेको शहर पत्ता लगाउँछन्, जहाँ तिनीहरूले एक रहस्यमय व्यक्तित्व (प्रदीप खड्का)लाई भेट्छन्, जो हिमालय क्षेत्रको पौराणिक संरक्षक हो ।
चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दीया पुन, दिनेश डीसी, कविता नेपाली, सुरजसिंह ठकुरीको पनि अभिनय छ । बेलायती अभिनेता जेमी बेकन पनि यसमा देखिएका छन् । बेकनले पनि निर्माणमा सहकार्य गरेका छन् ।