सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘कर्मा’को गीत सार्वजनिक भएको छ । सुशान्त केसीको युट्युब च्यानलबाट निर्माणपक्षले ‘पागल’ बोलको प्रेमिल गीत सार्वजनिक गरेको हो।
सार्वजनिक गीतमा गायक केसीको स्वर, शब्द तथा संगीत छ। विपीन कार्कीले उपासना सिंह ठकुरीलाई देख्नबित्तिकै मायामा पागल बनेको क्षणलाई गीतले पक्रेको छ । गीतको शब्द तथा लय सुशान्त केसीको आफ्नै फ्लेबरमा छ । जसका कारण युवा पुस्ताले यो गीत मन पराउनेमा चलचित्रको निर्माणपक्ष ढुक्क छ ।
गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विपीन र उपासनाले फिचर्ड छन् । एकअर्काप्रतिको माया यो गीतको भिडयोमा देख्न सकिन्छ ।यो चलचित्रको फुटेज भिडियोमा प्रयोग गरिएको छ । सुशान्त पनि भिडियोमा प्रस्तुत छन् ।
आगामी चैत २९ गते नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुने यो चलचित्रका निर्माणपक्षले आज साँझ गायक सुशान्त केसीको आवाजमा रहेको ‘पागल पागल जस्तै’ बोलको गीत सार्वजनिक गर्दैछ ।
एक्सन जनरामा निर्माण भएको यो चलचित्रमा विपीन र उपासनासँगै मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय रहेको छ ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति र वसन्त लम्सालको लगानी रहेको चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।