‘हेल्लो काँशीराम’ लाई सेन्सरमा उत्कृष्ट प्रतिक्रिया

१६ चैत २०८१ ७:४४

आमागी जेठ २ गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्र ‘हेल्लो काँशीराम’ सेन्सर पास भएको छ । यो चलचित्रलाई केन्द्रीय जाँच पास समिति (सेन्सर बोर्ड) ले युनिभर्सल सर्टिफिकेट दिँदै प्रदर्शनका लागि पास गरेको हो ।

रीम विश्वकर्माको लेखन तथा निर्देशन रहेको यो चलचित्रले सेन्सरमा उत्कृष्ट प्रतिक्रिया समेत पाएको छ । कमेडी शैलीमा निर्माण भएको चलचित्रको भित्रको कथाको रहस्य भने दर्शकले प्रदर्शन भएपछि थाहा पाउनेछन् । ‘सेन्सर बोर्डका सदस्यहरूले समग्रमा चलचित्रलाई राम्रो रेटिङ दिनुभयो । यसले निकै खुसी बनाएको छ’ निर्देशक विश्वकर्माले भने ।

रेडलाइन फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई पीबी थापाले बनाएका हुन् । इम आलेले खिचेको यो चलचित्रलाई मित्र डी.गुरुङले सम्पादन गरेका छन् ।

चलचित्रमा दिलीप रायमाझीसँगै वरिष्ठ कलाकारहरू सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल देखिने छन् । त्यस्तै, उमेश राई (फुलन्देको आमा), भगेरी डन, नवज्योति रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरी लगायतको अभिनय छ। चलचित्रमा अभिनेत्री प्रियंका कार्कीको समेत विशेष भूमिका रहेको छ ।

चलचित्रको नृत्य निर्देशन कविराज गहतराज, द्वन्द्व निर्देशन शङ्कर महर्जन, सङ्गीत संयोजन नरेन्द्र वियोगी र विपिन आचार्यले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *