गायक सुशान्त केसीले पार्श्व गायनमा डेब्यु गरेका छन् । उनले यो चलचित्र लागि ‘पागल पागल जस्तै’ बोलको गीत गाएका हुन् । निर्माणपक्षका अनुसार यो गीतको भिडियो समेत छायांकन भइसकेको छ ।
गीतमा शब्द, संगीत र स्वर नै सुशान्तको छ । हम्मेसी अरुका लागि गीत नगाउने उनले आफ्नै च्यानलमा मात्रै गाउँदै आएका गायक छन् ।यसअघि पार्श्व गायनका लागि धेरै निर्माता तथा निर्देशकले आग्रह गरे पनि उनले टार्दै आएका थिए ।
सौरभ चौधरीको निर्देशन तथा विपीन कार्की मुख्य भूमिका रहेको चलचित्रका लागि भने उनी गाउन तयार भएका हुन् । दर्शकले उनलाई भिडियोमा लिप्सिङ गरेको पनि देख्नेछन् ।
आगामी चैत २९ गते रिलिज हुने यो चलचित्रमा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बिश्वास बस्नेत (बेन), सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ ।