फागुन १४ गतेबाट रिलिज आएको चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको हो । उच्च शो सहित यो चलचित्र दोस्रो हप्तामा प्रवेश गरेको हो । निर्माणपक्षका अनुसार, दोस्रो हप्तामा आइपुग्दा पनि चलचित्रले राम्रो व्यापार गरेको छ ।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा काठमाडौं उपत्याकामा मात्रै यो चलचित्रलाई बिहीबार २१ शो दिइएको छ । देशभर १५० भन्दा बढी शो रहेको निर्माता नवीन श्रेष्ठले जानकारी दिए ।
पहिलो दिन एक करोड १० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको यो चलचित्रले त्यसयताको कलेक्सन निर्माणपक्षले अहिलेसम्म सार्वजनिक गरेको छैन ।
चलचित्रमा महेश त्रिपाठी, सिताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन् । ‘लाज शरणम्’लाई कुमार कट्टेलले निर्देशन गरेका हुन्।
जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता छन् । राम नरेश शाह र सिर्जना खड्का सहनिर्माता छन् ।