अभिनेता विपीन कार्की ‘कर्मा’मा फरक चरित्र र गेटअपमा देखिएका छन् । जुन यसअघि सार्वजनिक भएका दुईवटा पोस्टरले पनि पुष्टि गर्छ । जहाँ उनी ब्ल्याक ड्रेस र सट गनमा देखिएका थिए ।
सेटबाट बाहिर आएको तस्बिरमा पनि उनी हेन्डसम व्याइका रूपमा देखिएका छन् । जसमा उनी फिट एन्ड फाइन देखिएका छन् । यस्तो लुक्स र चरित्रमा हालसम्म उनी कमै मात्र देखिएका छन् ।
यो क्यारेक्टरका लागि उनले लामो समय जिम गरेका थिए । जसका कारण उनी यो चलचित्रमा फिट एन्ड फाइन देखिनेछन् । ‘कर्मा’मा उनी एक्सन भूमिकामा देखिने भएका छन् ।
जिम गएर उनले गरेको मेहनत, सार्वजनिक पोस्टर र सेटबाट आएको तस्बिरले उनी केही फरक रूपमा देखिन लागेको प्रष्ट हुन्छ ।
निर्देशक सौरभ चौधरीले निर्देशन गरेको यो चलचित्रको छायांकन दाङ र काठमाडौंमा गरिएको छ । यो चलचित्र चैत २९ गते नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुनेछ । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति र वसन्त लम्सालको लगानी रहेको छ ।
एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ विपीनको पहिलो एक्सन चलचित्र हो । जसले दर्शकमा अझै कौतुहलता बढाएको छ । चलचित्रमा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् ।