सुशीलको ‘परालको आगो’मा जितु अनुबन्धित

३० माघ २०८१ ६:०४

निर्माता सुशील पोखरेलले निर्माण गर्ने चलचित्र ‘परालको आगो’मा कलाकार जितु नेपाल अनुबन्धित भएका छन् । यो चलचित्रका लागि बुधवार हरिओम सिने मेकर्सका तर्फबाट निर्माता सुशील पोखरेल र कलाकार जितु नेपाल बिच बुधवार कागजी संझौता भएको हो ।

कथाकार गुरु प्रसाद मैनालीको कृति ‘परालको आगो’मा आधारित रहेर निर्माण हुने यो चलचित्रले चामे, गौंथली र जुठे दमाईको कथा प्रस्तुत गर्नेछ । चलचित्र आउँदो वर्ष रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।

दुई पुरुष पात्रको कथा बोल्ने यो चलचित्रमा जितु एक पात्रको भूमिकामा देखिन लागेका हुन् । यसअगाडि यो चलचित्रमा नायिका सुहाना थापा अनुबन्धित भइसकेकी छिन् । यस्तै, अर्की एक महिला कलाकार अनुबन्धित गर्ने तयारीमा निर्माणपक्ष छ ।

लक्ष्मण सुनारले निर्देशन गर्ने चलचित्रमा संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, सत्य–स्वरुपराज आचार्यको संगीत रहने यो चलचित्रलाई यसपटक लोकेशन, प्रस्तुतीकरण र पटकथालाई फरक किसिमले प्रस्तुत गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *