जुनिम र सरिना फिचर्ड ‘ताण्डवम्’को ‘हिमानीः ए सानु’

२२ माघ २०८१ १०:४९

चलचित्र ‘ताण्डवम्’को पहिलो गीत ‘हिमानीः ए सानु’ सार्वजनिक भएको छ । निर्माणपक्षले मुख्य कलाकारहरू जुनिम गहतराज र सरिना मगर फिचर्ड गीत सार्वजनिक गरेको हो ।

यो गीतमा सुशान्त गौतमको शब्द तथा संगीत, इन्द्रकला राइको स्वर छ । चलचित्रमा पुस्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की, गोपाल कटुवालको अभिनय छ ।

फागुनको ९ गतेबाट रिलिजमा आउन लागेको एक नव विवाहित जोडीले आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरुको जीवनमा आइपर्ने अकल्पनीय घटनाको कथालाई यो चलचित्रले प्रस्तुत गर्छ । चलचित्रलाई पारिवारिक तथा एक्सन कथामा निर्माण गरिएको निर्माणपक्षले बताएको छ ।

सिंहदेवी प्रोडक्सनले भिजुअल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण गरेको यो चलचित्रमा धनकुमारी गहतराज, सविना मगर र मनिष गौतमको लगानी छ ।

कलरिष्ट जुनिम गहतराजको डेब्यू निर्देशन र हरि घले लामाको छायांकन रहेको चलचित्रमा सम्राट बस्नेतको एक्सन, अनिरुद्ध आत्रेय र हुसेनको कथा, पटकथा तथा संवाद छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *