दुखी आत्मा ट्रेलर: रिलिजको ३ घन्टामै ट्रेन्डिङमा

२२ माघ २०८१ ७:५०

यौन दुर्बलताको कथा भन्ने चलचित्र ‘दुखी आत्मा’को ट्रेलर युट्युबको ट्रेन्डिङमा परेको छ । युट्युबको सिनेमा सेक्सन अन्तरगतको ट्रेन्डिङमै प्रवेश गरेको यो चलचित्रले दर्शकको उत्साहजनक साथ पाएको छ । सार्वजनिक भएको ३ घन्टामै ट्रेलर ट्रेन्डिङमा आएको हो ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रको ट्रेलर अहिले युट्युबको मुभी सेक्सन अन्तरगत ४ नम्बर ट्रेन्डिङमा छ । यो चलचित्रको कथावस्तु, प्रस्तुति, संवाद र कलाकारहरुको अभिनयलाई दर्शकले रुचाएका छन् ।

यस्तै, चलचित्रको ट्रेलर जापान, कतार र अष्ट्रेलियामा पनि ट्रेन्डिङमा छ । यो चलचित्रमा हिमाल कडरियाको लगानी छ । सुदिप ढकाल कार्यकारी निर्माता रहेको यो चलचित्रमा दयाहाङ राई, आँचल शर्मा, अनुप विक्रम शाही, वुद्दि तामाङ लगायतका कलाकारहरुको अभिनय छ ।

फागुनको २ गते प्रेम दिवसको अवसर पारेर प्रदर्शनमा आउने यो चलचित्रमा नायक दयाहाङ राइको फरक भूमिका छ । जसले गर्दा दर्शकले यो चलचित्र हेर्न इच्छुक रहेको प्रतिक्रिया पनि दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *