‘डोरी’को ‘चुच्चे ढुङ्गो उही टुङ्गो’मा आर्यन र अञ्जनाको नृत्य
२१ माघ २०८१ १०:१६
अरुण लामाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘डोरी’को पहिलो गीत ‘चुच्चे ढुङ्गो उही टुङ्गो’ सार्वजनिक गरिएको छ । राजनराज सिवाकोटी र अन्जु पन्तको स्वर रहेको यो गीत राजनराज सिवाकोटीले नै लेखेका र सङ्गीतबद्ध गरेका हुन् । गीतमा आर्यन सिग्देल र अञ्जना बराइली फिचर्ड छन् ।
सार्वजनिक गीतमा राजन ईशानको संगीत, स्वर सुनी थापा र छायांकन निर्देशक सौरभ लामा र नृत्य निर्देशन कविराज गहतराजले गरेका छन् ।सार्वजनिक गीतमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइलीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । यसअघि आर्यन र अञ्जना सुपर हिट चलचित्र ‘पुजार सार्की’मा सँगै अभिनय गरेका थिए ।
चलचित्रका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन् । चलचित्रको स्क्रिप्ट डाक्टर मनोज पण्डित र सम्पादक मिलन श्रेष्ठ हुन् ।
आगामी चैत्र १५ गते रिलिज हुने चलचित्रमा प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्र सिंह कुशवाहा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।