बाबुछोरीको प्रेम, कमेडी र पीडाले भरिएको ‘रंगी’को ट्रेलर

१८ माघ २०८१ १२:४९

सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको चलचित्र ‘रंगी’ को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको चलचित्रको शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै सार्वजनिक गरिएको हो । बाबुछोरीको कथा भन्ने यो चलचित्रको ट्रेलरमा बाबु र छोरीको प्रेम, कमेडी र पीडालाई प्रस्तुत गरेको छ ।

सलोनको विवाह अनि छोरीको जन्मबाट सुरुवात ट्रेलरमा छोरी आयुषी ढकालका लागि बाबु सलोन बस्नेतको प्रेम, संघर्ष देखाइएको छ । ट्रेलरमा ‘डेब्यू’ नायिका नम्रता श्रेष्ठ र आयुषीको मित्रता, सलोन, नम्रता र आयुषीको नोकझोकलाई पनि प्रस्तुत गरेको छ ।

आगामी फागुन २ गते रिलिज हुने यो चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, र विशाल पहारीको अभिनय छ ।

सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशन रहेको यो चलचित्रमा सक्षम सुवेदी, करिश्मा केसी बस्नेत र अनिश गौतमको निर्माण, सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, बन्दे प्रसादको सम्पादन छ । चलचित्रलाई एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *