जुनिम गहतराजको निर्देशनमा तयार भएको चलचित्र ‘ताण्डवम्’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले यो चलचित्रको टिजरलाई शुक्रबार सार्वजनिक गरेको हो ।
सार्वजनिक यो चलचित्रको टिजरमा प्रेम, युद्ध र बदलाको कथा छ । यो चलचित्रको टिजरले दर्शकको ध्यान तान्ने देखिन्छ । पहिलो सन्तानको प्रतीक्षा गरिरहेका एक दम्पतीको जीवनमा एकाएक आइपर्ने एउटा घटना र त्यसले निम्त्याएको परिस्थितिको कथा चलचित्रले पेश गर्छ ।
सिंहदेवी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा धनकुमार गहतराज, सविना मगर, मनिष गौतम, दीपिका गजमेरको लगानी छ ।
निर बहादुर गहतराज र रोशन रोय कार्यकारी निर्माता रहेको चलचित्रमा अनिरुद आत्रेय र हुसेनको लेखन, हरि बहादुर घलेको छायांकन, नहकुल खड्काको सम्पादन, रोशन विश्वकर्माको कोरियोग्राफी छ ।
फागुनको ९ गतेबाट रिलिजमा आउन लागेको यो चलचित्रमा सरिना मगर, अंकित खड्का, अनोज पाण्डे, पुस्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, कमल कार्की, रश्मी मगर र गोपाल कटुवालको मुख्य भूमिका छ ।