पोखराबाट सुरुभयो ‘महाभोज’को छायांकन

८ माघ २०८१ १२:११

गत साता काठमाडौंमा क्यामेरा तथा चलचित्रको स्क्रिप्ट पूजा गरिएको चलचित्र ‘महाभोज’को ४५ दिनको तालिकासहित छायांकन सुरु भएको छ । आज मंगलबारदेखि पोखराको घाचोकमा यसको छायांकन सुरु भएको हो । चलचित्रको पहिलो शट अभिनेता खगेन्द्र लामिछाने र कलाकार मोहन निरौलाले दिएका छन् ।

निर्देशक दिनेश राउतले आठौँ चलचित्रको रूपमा निर्देशन गरिरहेको यस चलचित्रलाई हिमाल कडरियाले निर्माण गरिरहेका छन् । चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतको अभिनय रहेको छ ।

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमले संयुक्त निर्माण गरेको यो चलचित्रको कार्यकारी निर्माताहरू किरण नेपाली र सुदिप ढकाल हुन् । चलचित्रलाई विकास सुवेदीले लेखेका छन् भने छायाकार राजेश श्रेष्ठ हुन् । सम्पादन निमेष श्रेष्ठको, ध्वनि डिजाइन उत्तम न्यौपानेको, मुख्य सहायक निर्देशन दिनेश बहादुर रावतको रहेको छ । चलचित्रलाई काफिया फिल्म्स् र कुबेर सिने डिस्ट्रिब्युसनले नेपालमा चलचित्रको वितरण गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *