आगामी फागुनको २ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘दुःखी आत्मा’को नयाँ गीतको छायांकन गरिएको छ । मंगलबार भक्तपुर दरबार स्क्वायरको परिसरमा यो चलचित्रको रमाइलो रोमान्टिकको छायांकन गरिएको हो ।
यो चलचित्रको मुख्य नायक दयाहाङ राई र नायिका आँचल शर्मा यो गीतको भिडियोमा फिचर्ड छन् । छायांकन सेटमा दया र आँचललाई रोमान्टिक देखिएको थियो । अहिले छायांकन गरिएको गीतको भिडियो छिट्टै रिलिज गर्ने तयारीमा निर्माणपक्ष छ ।
यो गीतको भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । गीतमा केतन क्षेत्रीको संगीत, ईश्वर कार्कीको शब्द तथा कम्पोज छ । यो चलचित्रको टिजर सार्वजनिक भएपछि ‘जुनार’ प्रयोग गरिएको संवाद निकै हिट छ । यसैले, यो गीतको भिडियोमा पनि सुन्तला र जुनारको प्रयोग भरपूर गरिएको देख्न सकिन्छ ।
यो चलचित्रलाई दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रको टिजर र ‘ब्रेकअप कविता’ अहिले चर्चामा छ । दया र आँचलको अलावा चलचित्रमा अनुप विक्रम शाही, वुद्दि तामाङ लगायतका कलाकारहरूको पनि अभिनय छ ।
हिमाल कडरियाले निर्माण गरेको चलचित्रमा आलोक शुक्लाको छायांकन, सुदिप ढकाल कार्यकारी निर्माता र निमेष श्रेष्ठको सम्पादन छ ।



