कलाकार तथा निर्देशक दीपक आचार्य ‘काकु’ले निर्माण गर्न लागेको चलचित्र ‘परान’लाई गोल्छा समूहले निर्माण गर्ने पक्का भएको छ । यो चलचित्रलाई आचार्यले नै निर्देशन गर्दैछन् ।
बायस्कोप सिनेमाको व्यानरमा यो चलचित्रलाई निर्माण गर्न लागिएको हो । निर्देशक आचार्यको यो डेब्यु निर्देशन हो । बुधबार यो चलचित्रको औपचारिक रुपमा घोषणा हुँदैछ ।
बाबु र छोरीको कथा पेस गर्ने यो चलचित्रमा नीर शाह, प्रवीण खतिवडा, अन्जना बराइली, महेश त्रिपाठी लगायतका कलाकारहरूको मुख्य भूमिका रहनेछ ।
नेपाली चलचित्रले व्यवसायीक रुपमा राम्रो कमाई गर्न थालेपछि उद्योग पति आकर्षित भएका छन् । यसको उदाहरण ‘परान’ पनि हो । चौधरी ग्रुप, गुण समूहले चलचित्र बनाइरहेका छन् । अब, गोल्छा समूह पनि नेपाली चलचित्रमा निर्माणमा आकर्षित हुनु सुखद कुरा हो ।