रोहितको ‘माइतीघर’मा धिरजको इन्ट्री

७ माघ २०८१ ७:४७

निर्माता रोहित अधिकारीको निर्माणमा तयार हुन लागेको चलचित्र ‘माइतीघर’मा कलाकारहरुको लाइनअप पुरा भएको छ । यो चलचित्रको मुख्य भूमिकाको लागि नायक धिरज मगरको इन्ट्री भएसँगै मुख्य कलाकारहरुको लाइनअप पुरा भएको हो ।

सोमबार निर्माता अधिकारी र नायक मगरबिच कागजी संझौता भएको हो । चलचित्रमा तीन स्टार कलाकारहरु केदार घिमिरे र प्रकाश सपुत पनि फाइनल भइसकेका छन् । चलचित्रमा नायिका उपासना सिंह ठकुरी र नव–नायिका दिकिला शेर्पा पनि अनुवन्धित भइसकेका छन् भने वुद्दि तामाङको पनि मुख्य भूमिका रहनेछ ।

आउँदो बर्षको दशैंको फूलपातिबाट रिलिज गर्ने घोषणा निर्माणपक्षले गरिसकेको यो चलचित्रको छायांकन अबको केही समयपछि गरिने जनाइएको छ । दशैंमा एउटा शोज पाएपनि चलचित्र रिलिज गर्ने घोषणा निर्माता रोहित अधिकारीले गरिसकेका छन् ।

चलचित्रमा रविन शेरचन र धिरज तामाङको लगानी, चन्द्रकुमार दोङको कथा, सुशन प्रजापतिको छायांकन, रामशरण पाठकको संवाद रहनेछ । मिलन तामाङको निर्देशनमा तयार हुन लागेको यो चलचित्रको कार्यकारी निर्माता ईश्वरी श्रेष्ठ हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *