निर्देशक नवल नेपालको निर्देशनमा चलचित्र ‘मंगलम’को दोस्रो भाग ‘मंगलम २’ निर्माण हुने भएको छ । यसको पहिलो भाग ‘मंगलम’ २०७४ सालमा निर्माण भएको थियो ।
यो चलचित्रको दोस्रो भागअलाई निर्माता छविराज ओझा र दिजेन्द्र शाक्यले सयुक्त निर्माण गर्नेचन् । यो चलचित्रको निर्देशनको लागि निर्माता ओझाले निर्देशक नेपाललाई आइतबार अनुबन्ध गरेका हुन् ।
छविराज प्रोडक्सन र गुण सिनेमा प्रालिको व्यानरमा निर्माण हुने यो चलचित्रका कलाकार तथा प्राविधिक भने केही समयपछि सार्वजनिक हुनेछन् । त्यस्तै, नवलले यसअघि यो व्यानरका दुई चलचित्र ‘लज्जा’ र ‘मंगलम’ निर्देशन गरिसकेका छन् ।