युट्युब ट्रेण्डिङमा ‘एक्टरः टेक वन’को ट्रेलर

७ माघ २०८१ ५:०६

यही माघ १६ गतेबाट प्रदर्शन हुने चलचित्र ‘एक्टरः टेक वन’को ट्रेलर ट्रेण्डिङमा आएको छ । ट्रेलर सार्वजनिक भएको छोटो समयमै ट्रेण्डिङको दोस्रो नम्बरमा पर्न सफल भएको हो ।

राजन भुसालद्वारा निर्देशित यस चलचित्रको ट्रेलरले प्रदीप खड्काको महत्त्वाकाङ्क्षी चरित्रलाई केन्द्रमा राख्दै त्रिकोणात्मक प्रेमकथा र कठिन सङ्घर्षको कथा प्रस्तुत गरेको छ । यसमा आना शर्मा, दिव्या रायमाझी र राजबल्लभ कोइराला जस्ता कलाकारहरूको अभिनयले चलचित्रलाई थप आकर्षक बनाएको छ । चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् ।

अभिनेता प्रदिप खड्काको नयाँ चलचित्रको प्रतीक्षामा रहेका दर्शकमा यसको ट्रेलरले उत्साहको लहर छाएको छ । दर्शकहरूले यसलाई हेरेपछि उनीहरूको उत्सुकता अझ बढेको प्रतिक्रिया दिएका छन् ।

चलचित्रमा प्रदिप, आना, दिव्या, राजबल्लभका साथै दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ । अदृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन् ।

चलचित्रको छायांकन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठले गरेका छन् । सङ्गीत हर्कुलस बस्नेत, रोहित शाक्य, र एलिस कार्कीले दिएका छन्, र कोरियोग्राफी शिशिर खाती र किरण थापाले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *