‘एक्लो’को क्यारेक्टर पोस्टरमा वृद्ध विजय

६ माघ २०८१ १४:१४

साइन्स फिक्सन आधारित चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक गरिएको यो चलचित्रको पोस्टरमा मुख्य पात्र विजय लामा फिचर्ड छन् । पोस्टरमा उनलाई वृद्ध गेटअपमा प्रस्तुत गरिएको छ। उक्त क्यारेक्टरको नाम भिस्म रहेको छ । साथै, पोस्टरको साइडमा ‘इन्टरड्युसिङ्ग मुटु’ लेखिएको छ।

चलचित्रका निर्देशक प्रदीप शाही हुन् । बेलायतमा लामो समयदेखि बस्दै आएका शाहीले ‘एक्लो’लाई हलिउड स्तरको चलचित्र बनाउनका लागि कडा मेहनत गरिरहेको बताए । अहिले पोस्ट प्रोडक्सनको काम लण्डनमा भइरहेको यो चलचित्रको सम्पूर्ण कार्य सकिएपछि मात्र प्रदर्शन मिति फाइनल गरिने निर्माणपक्षले जनाएको छ ।

यो चलचित्रको निर्माता राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा र बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी क्षितिज छन्। चलचित्रको छायांकार बाबु श्रेष्ठ हुन् ।

चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, सुरज सिङ ठकुरी, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री, विनोद कुमार सुवेदी, क्षितिज, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिङ लगायत बेलायती अभिनेता जेमी बेकनको पनि अभिनय रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *