हिमाल न्यौपानेको ‘जनै हराएको बाहुन’ घोषणा

६ माघ २०८१ ५:०१

पेपरक्लिप प्रा.लि.को ब्यानरमा नयाँ चलचित्र ‘जनै हराएको बाहुन’ निर्माण गर्ने घोषणा भएको छ । यसको निर्देशकको जिम्मेवारी हिमाल न्यौपानेले सम्हाल्ने भएका छन् ।

गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राखेर यो चलचित्र निर्माण हुनेछ । निर्माण कम्पनीका बिमल न्यौपानेका अनुसार, यो चलचित्रले दर्शकलाई एक अनौठो र रोमाञ्चक यात्रामा लैजानेछ ।

लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहेका निर्देशक हिमाल न्यौपानेले यो चलचित्र आफ्नो लागि सपना पूरा गर्ने अवसर भएको बताए । उनले यसअघि केही वृत्तचित्र र लघु चलचित्र निर्देशन गरिसकेका छन् । ‘जनै हराएको बाहुन’ भने उनको पहिलो व्यावसायिक चलचित्र हो ।

चलचित्रका लागि कलाकार र अन्य प्राविधिक टोलीको बारेमा केही दिनभित्रै सार्वजनिक गरिने बताइएको छ । यो वर्षको अन्त्यसम्ममा छायांकन सुरु गर्ने लक्ष्य राखिएको यो चलचित्र २०८२ सालमा दर्शकमाझ आउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *