‘एक्टरः टेक १’को ट्रेलरमा राजवल्लभ र प्रदीपको टकराव

४ माघ २०८१ १२:३४

यही माघको १६ गतेबाट प्रदर्शन हुने चलचित्र ‘एक्टरः टेक १’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंको ललितपुरमा आयोजित एक कार्यक्रमका बिच यसको ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक यो चलचित्रको ट्रेलर सस्पेन्स थ्रिलर शैलीमा देखाइएको छ । चलचित्रमा राजवल्लभ र प्रदीपबिचको टकराव देखाइएको छ भने कलाकार निश्चल बस्नेतको इन्ट्री विशेष हुने अनुमान गर्न सकिन्छ ।

मोती कार्की क्रियटिभ प्रोड्युसर रहेको यो चलचित्रलाई राजन भुषालले निर्देशन गरेका हुन् ।

चलचित्रमा प्रदीप खड्का, राजवल्लभ कोइराला, आना शर्मा, दिव्या रायमाझी, दिव्य देव, सुशील सिटौला, उषा रजक लगायतका कलाकारहरूको अभिनय छ ।

थमन कुमार भण्डारी निर्माता रहेको चलचित्रमा अनिष भुसालको लगानी छ । राजन भुसाल र आकाश बरालको पटकथा रहेको यो चलचित्रमा किरणको कोरियोग्राफी, हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको संगीत, नरेन्द्र मैनालीको डीओपी, निमेष श्रेष्ठको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *