एलिना चौहान र श्रीमान बिष्णुको सम्बन्धमा खटपट

४ माघ २०८१ ५:१०

गायिका एलिना चौहानको बैवाहिक सम्बन्धमा खटपट आएको छ । केहीदिन अगाडि गायिका ज्योती मगरले एक स्टाटस समेत लेखेकी थिइन् । ज्योतीको स्टाटसमा एक गायिकाको घरेलु हिंसाको कुरा थियो ।

ज्योतीले लेखेको स्टाटस यस्तो थियो–‘आज काठमाडौंदेखि पोखरा जाने क्रममा एक चर्चित गायिका बहिनीसँग भेट भयो । २५ मिनेटको छोटो यात्रामा उनले सायद आफ्नै दिदी महशुश गरिन् र उनले केही गोप्य राखेका पीडाहरु खोलिन् बरर आँसु झारिन् । उनको रक्ताम्मे अनुहार आँखा मुखभरी नीलडाम घाउ चोटको फोटो देखाउँदै भनिन्, अरु कसैलाई नभन्नु होला दिदी यस्तो सम्म भोगे मैले । उनलाई मैले बलियो भएर मुभ अन गर त भने तर मेरो मन अत्ती नै भारी हुँदैछ । आफैले केही बर्ष अगाडि भोगेको पीडा फेरि दुख्दैछ । साँच्चिकै उनको पीडा त मलाई धोको फेरेर रुन मन लाग्दैछ । एउटा पब्लिक फिगरको त यो दुर्दशा छ, आम महिलाहरूको हालत के होला ? यत्ति भन्छु प्लिज, जरुरत भएको खण्डमा उनलाई मेरो सहयोग चाहियो भने मात्रै उनको अनुमतिमा नाम मेन्सेन गर्छु । उनको फिलिङ्सको कदर गर्दै अहिलेलाई नाम गोप्य राखियो ।’

ज्योतीले गायिकाको नाम खुलाएकी त छैनन् । साथै, उनले र बद्रीले पोस्ट गरेको स्टाटस र भिडियोबाट घरेलु हिंसामा परेकी गायिका अरु कोही नभएर एलिना चौहान भएको प्रस्ट भएको छ ।

एलिनाले केही समय अगाडि बिष्णु सापकोटा सँग प्रेम विवाह गरेर अस्ट्रेलिया पुगेकी थिइन् । अस्ट्रेलिया पुगेको केहीसमयपछि उनी एकाएक नेपाल फर्किएर ओसोको शरणमा पुगेकी थिइन् ।

एलिनाले भित्र भित्रै लुकाउदै हिंडेको उनको यो पिडा अहिले छत्ताछुल्ल भएको छ । आफ्नै श्रीमान बिष्णु सापकोटा बाट घरेलु हिंसामा परेकी गायिका एलिनालाई यतिबेला धेरैले बलियो भएर फाइट गर्न आग्रह गरेका छन् । तर, एलिनाले भने यो बिषयमा केही पनि बोलेकी छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *