निर्देशक सरोज पौडेलको नयाँ चलचित्र ‘कोशेढुंगा’मा नायक आर्यन सिग्देल, नायिका सुरक्षा पन्त र प्रकाश सपुत फाइनल भएका छन् । केही दिन अगाडि घोषणा गरिएको यो चलचित्रको लागि यी कलाकारहरुको अभिनय रहने बुझिएको हो ।
सामाजिक कथावस्तुमा निर्माण हुने यो चलचित्रले अभाव, अग्लो सपना र संघर्षको कथा पेश गर्नेछ । घुरमौलो बिहानीलाई पृष्ठभूमिमा राखेर पहाडलाई हेरिरहेकी एक महिलालाई समावेश गर्दै चलचित्रको थिम पोस्टर सार्वजनिक गरिएको थियो । तर, निर्माणपक्षले चलचित्रको लागि कलाकारको घोषणा भने अहिलेसम्म गरेको छैन ।
बुझिएअनुसारअ, यो चलचित्रको प्रमुख भूमिकामा सुरक्षा पन्तले अभिनय गर्नेछिन् । त्यस्तै, चलचित्रमा नायक आर्यन सिग्देल र प्रकाश सपुतले काम गर्दैछन् । यसअगाडि सरोज र प्रकाशले ‘पुर्ण बहादुरको सारङ्गी’मा सहकार्य गरिसकेका छन् ।
नरदेवी फिल्मस्को प्रस्तुतिमा तयार हुन लागेको चलचित्रलाई प्रेविल कँडेल र हरि महत्तले निर्माण गर्दैछन् । दिनेश खड्का चलचित्रका कार्यकारी निर्माता हुन् । यो चलचित्र आउँदो बर्ष रिलिज हुँदैछ।