‘बलिदान’को प्रि–क्लाइमेक्स’ दृश्यको छायांकन सम्पन्न (फोटो फिचर)

२ माघ २०८१ ६:५५

चलचित्र ‘बलिदान’को प्रि–क्लाइमेक्स’को दृश्यको छायांकन सम्पन्न भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित सिमसार कालिचौरमा १० हजार बढी मानिसहरूलाई सहभागी गराउँदै प्रि–क्लाइमेक्सको दृश्य सम्पन्न गरिएको हो ।

महोत्सवको आयोजना गर्दै हजारौंको भिडमा चलचित्रको छायांकन गरिएको निर्माणपक्षले जनाएको छ । निर्माणपक्षका अनुसार, काल्पनिक राज्य भिलमगढका कुटिल राक्षसलाई समाप्त पारेर युग पुरुष नायकले आह्वान गरेको एकता सभामा रौद्र अवतारकी काली माताको भव्य मुर्तिको उद्घाटन गर्ने दृश्यको छायांकन गरिएको हो ।

प्रि–क्लाइमेक्स’को दृश्यको छायांकनमा यो चलचित्रका मुख्य कलाकारहरू समीर भट्ट, ऋचा शर्मा, अर्पण थापा, कामेश्वर चौरासिया लगायत सहभागी थिए ।

यो चलचित्रको ९५ प्रतिशत छायांकन सकिएको र अब बाँकी ५ प्रतिशत छ । बिहिबार छायांकन हुन लागेको एक्सन दृश्यका लागि दक्षिण भारतीय एक्सन कलाकारहरुको टोली सिमसारमा पुग्दैछ । समीरले डेढ सय भिलेनसँग एक्सन गर्नेछन् । त्यसपछि, चलचित्रको सबै छायांकन प्याकअप हुनेछ ।

सन्तोष सेनको निर्देशनमा तयार भइरहेको यो चलचित्र दर्शकका लागि निकै प्रतिक्षित मानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *