प्रदीप, सौगात र दया स्टारर ‘पिताम्बर’ टिजरमा बदलाको कथा

२९ पुष २०८१ ८:१३

आगामी चैत्रको २९ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘पिताम्बर’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले सोमबार २ मिनेट लामो टिजर सार्वजनिक गरेको हो ।

सार्वजनिक टिजरमा सौगात मल्ल, प्रदीप खड्का, दयाहाङ राई, प्रमोद अग्रहरि, अनुपविक्रम शाही, सुपुष्पा भट्ट, सुरक्षा पन्त प्रस्तुत छन् । दिव्यदेवले महाभारतको चर्चित उद्धरण ‘यदा यदा हि धर्मस्य…’ वाचन गरेपछि टिजर सुरु हुन्छ ।

कृषा चौलागाइको निर्देशनमा तयार भएको यो चलचित्रमा विशाल चौलागाइको निर्माण छ । नेपाली चलचित्र क्षेत्रका दुई सुपरस्टारहरु प्रदीप खड्का र सौगात मल्लको एक्सन प्रस्तुत गर्ने चलचित्र बदलाको कथामा आधारित छ ।

एक्सन जनरामा निर्माण गरिएको यो चलचित्रमा प्रदीप खड्का, सौगात मल्ल, दयाहाङ राई, अनुप विक्रम शाही, दिव्य देव, प्रमोद अग्रहरि, दिव्या रायमाझी, सुरक्षा पन्त, सुपुष्पा भट्ट लगायतका कलाकारहरुको अभिनय छ । केपी फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको ब्यानरमा यो चलचित्र निर्माण भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *