सुरेश न्यौपानेको डेब्यू निर्देशनमा तयार भएको चलचित्र ‘रंगी’को पहिलो गीत सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एककार्यक्रमको आयोजना गर्दै ‘छ भने माया’ बोलको यो गीत सार्वजनिक गरिएको हो ।
गीतमा आनन्द कार्की र सुजता केसीको स्वर, दुर्गेश थापाको शब्द तथा संगीत, कविराज गहतराजले कोरियोग्राफी रहेको छ । भिडियोलाई सौरभ लामाले खिचेका हुन् । यो गीतको भिडियोमा कलाकारहरू सलोन बस्नेत, दिलीप रायमाझी, नम्रता श्रेष्ठ, आयुषी ढकाल, विशाल पहारी, उत्तम केसी प्रस्तुत छन् ।
करिश्मा केसी बस्नेत, सक्षम सुवेदी र अनिष गौतमको लगानी रहेको यो चलचित्रको प्रस्तुतकर्ता नायक सलोन बस्नेत हुन् । चलचित्रका प्रस्तुतकर्ता तथा नायक सलोनका अनुसार, यो चलचित्र उनको लागि विशेष छ ।
सुमन गजमेरको लेखन रहेको यो चलचित्रले बाबु र छोरीको कथा प्रस्तुत गर्छ । चलचित्रमा कविराज र शिशिर खातीको कोरियोग्राफी, सौरभ र ईश्वर सिन्केमानाको डीओपी छ । चलचित्र आगामी फागुनको २ गतेबाट रिलिजमा आउँदैछ ।