नायक राज कटुवाल र नायिका सनिषा भट्टराइ जोडीको रुपमा एकसाथ पर्दामा देखिदैछन् । आगामी चैत्र २९ गतेलाई प्रदर्शन घोषणा गरेको चलचित्र ‘नरसिंहाः अवतार’मा यी दुइले जोडीको रुपमा काम गरेका हुन् ।
यो चलचित्रमा नायक राजेश हमाल र नायिका नीति शाह पनि प्रमुख मध्यको एक भूमिकामा छन् । तर, राज र सनिषाको जोडी पर्दामा कस्तो देखिने हो भन्ने चासो पनि दर्शकमा छ ।
यो चलचित्र प्रदर्शन हुन अझै निकै समय बाँकी छ । तर, यो जोडीले भने रोमान्टिक फोटोसुट गरेर चलचित्रको प्रचार सुरु गरिसकेका छन् ।
फोटोसुटमा निकै खुलेका राज र सनिषाको एक अर्काबिचको प्रेम झल्किएको छ । हेरौ यी तस्वीरहरु :



